Like us!
Follow us!
Connect us!
Watch us!

टाइम म्यागेजिनको सय उदीयमान नेताको सूचीमा परे मेयर बालेन शाह

अर्थ संसार

विहीबार, २८ भदौ २०८०, ११ : ०१ मा प्रकाशित

टाइम म्यागेजिनको सय उदीयमान नेताको सूचीमा परे मेयर बालेन शाह

अमेरिकाबाट प्रकाशन हुने विश्व प्रतिष्ठित म्यागेजिन ‘टाइम म्यागजिन’ ले विश्वका सय उदीयमान नेताहरूकाे सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पनि समेटेको छ । टाइम म्यागेजिनले  मेयर बालेन शाहलाई सन् २०२३ को ‘टाइम हन्ड्रेड नेक्स्ट’ सूचीमा समावेश गरेको हाे ।

आगामी दिनमा आफू आवद्ध क्षेत्रलाई स्पष्ट रूप दिन सक्ने र आफ्नो उपस्थितिलाई परिभाषित गर्न सक्नेमध्येबाट टाइम म्यागेजिनले सय जना छनोट गरेको हो। जसमा २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह परेका हुन्।

टाइम म्यागेजिनले सन् २०२२ मा उनी स्वतन्त्र उम्मेदवारको रूपमा खडा भएदेखि नै सम्भावित विजेताका रूपमा उभिएको बताएको छ । उपयुक्त ढंगले फोहोर व्यवस्थापन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक, र शहरी विकासको साथसाथै सांस्कृतिक सम्पदाको संरक्षण बालेनको प्रतिवद्धताभित्र परेको म्यागेजिनले उल्लेख गरेको छ। बालेनले ल्यान्डफिल साइट प्रयोग गर्न विभिन्न सम्झौतामा हस्ताक्षर गरेको र फोहोरको वर्गीकरण पनि थालेकोसमेत उल्लेख छ। त्यस्तै गैरकानूनी मानिने घरहरू भत्काउँदा सहरी गरिबमा त्यसको असर परेको र बालेन आलोचनाको घेराभित्र परेको पनि म्यागेजिनमा उल्लेख छ ।

टाइम म्यागेजिनले कलकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता र वकालतजस्ता विधाबाट पनि प्रतिभाशाली र प्रभावशाली सय जना व्यक्तित्व छनोट गरी सूचीकृत गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको