प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहिस्कार गरेको छ ।
चाडपर्व नजिकिँदै जाँदा आम उपभोक्तालाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराउँदै उक्त बैठक बहिस्कार गरिएको रास्वपाका सभापति रबि लामिछानेले बताएका हुन्।
उनले आफ्नो सामाजिक संजालमा "चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रम बारे जानकारी दिनेछौं।" लेखेका छन्।
प्रधानमन्त्री दाहालले आइतबार राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बोलाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस