Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डले बोलाए आकस्मिक मन्त्रिपरिषदको बैठक,इन्धनमा भएको मूल्यवृद्धि फिर्ता हुनसक्ने

अर्थ संसार

आइतबार, १४ असोज २०८०, १२ : २३ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डले बोलाए आकस्मिक मन्त्रिपरिषदको बैठक,इन्धनमा भएको मूल्यवृद्धि फिर्ता हुनसक्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । नेपाल आयल निगमले शनिबार गरेको इन्धनमा भएको मूल्यवृद्धि विरुद्ध सरकारलाई  दबाब बढेपछि छलफलका लागि प्रधामन्त्रीले अहिले १२ः ३० बस्नेगरी आकस्मिक मन्त्रिपरिषद बैठक बोलाइएका छन्।

नेपाल आयाल निगमले शनिबार पेट्रोलियम पदार्थको मूल्य गरेको थियो  । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो। त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको थियो  ।

गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ पनि बढेको छ । ग्यास प्रतिसिलिण्डर दुई हजार एक सय १० रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ ।

नेपाल आयल निगमले इन्धनमा मूल्यवृद्धि गरेपछि नागरिकस्तर बाट मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको