Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकले घोषणा गरेको गत आर्थिक वर्षको लाभांश १३ वर्ष कै कमजोर

अर्थ संसार

आइतबार, २८ असोज २०८०, ०९ : ४२ मा प्रकाशित

सिद्धार्थ बैंकले घोषणा गरेको गत आर्थिक वर्षको लाभांश १३ वर्ष कै कमजोर

सिद्धार्थ बैंकले हालै मात्र गत आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट लागि सेयरधनीहरुलाई लाभांस घोषणा गर्यो। बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई केबल हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गर्यो। 

 लाभांश घोषणा पछि निराश बनेका सिद्धार्थ बैंकका लगानीकर्ताले सेयर बिक्री बढाउँदा २५ असोज २०८० बिहीबारको कारोबारमा उक्त बैंकको सेयरभाउ एकै दिन ३.२३ प्रतिशतले घट्यो। खासै तलमाथि नहुने बैंकको सेयरभाउमा एकैदिन ३.२३ प्रतिशतको गिरावटलाई उल्लेख्य मान्न सकिन्छ । बिहीबार उक्त बैंकको सेयर २४२.५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । 

बैंकको लाभांश इतिहास हेर्ने हो आर्थिक वर्ष २०७९/८०को लाभांस बैंकले दिएको अहिले सम्म कै कमजोर हो। बैंकको १३ वर्षको लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७२/७३ मा ३९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे भने सबैभन्दा थाेरै गएको आर्थिक वर्ष २०७९/८० को हालै मात्र घोषणा गरिएको ४.२१ प्रतिशत लाभांश रहेको छ। 

यस्तो छ सिद्धार्थ बैंक लिमिटेड​को विगत १३ वर्षको लाभांश इतिहास 

१.आर्थिक वर्ष २०६७/६८: आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३ प्रतिशत बोनस र १२.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२.आर्थिक वर्ष २०६८/६९:आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई  नगद मात्र प्रदान गरेको थियो।  बैंकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत नगद पप्रदान गरेको थियो। 

३.आर्थिक वर्ष २०६९/७०: आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस र १०.११ प्रतिशत नगद गरि कूल २२.११  प्रतिशत लाभांश वितरण गरेको थियो ।

४.आर्थिक वर्ष २०७०/७१: आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस र ११.१६ प्रतिशत नगद गरि कूल २२३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५.आर्थिक वर्ष २०७१/७२: आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर वितरण र १.०५ प्रतिशत नगद गरेर कुल २१.०५ प्रतिशत कुल लाभांश प्रदान गरेको थियो ।

६.आर्थिक वर्ष २०७२/७३: आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

७.आर्थिक वर्ष २०७३/७४: आर्थिक वर्ष २०७/३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

८.आर्थिक वर्ष २०७४/७५: आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बोनस र ८.१६ प्रतिशत नगद गरि कूल १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

९.आर्थिक वर्ष २०७५/७६: आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस र १५.२६ प्रतिशत नगद गरि कूल २५.३६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१०.आर्थिक वर्ष २०७६/७७ :आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेको छ ।

११.आर्थिक वर्ष २०७७/७८ :आर्थिक वर्ष २०७७/७८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेको छ ।

१२.आर्थिक वर्ष २०७८/७९ :आर्थिक वर्ष २०७८/७९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२.५० प्रतिशत बोनस र ०.६६ प्रतिशत नगद गरि कूल १३.१६ प्रतिशत लाभांश वितरण गरेको छ ।

१३.आर्थिक वर्ष २०७९/८० :आर्थिक वर्ष २०७९/८० मा बैंकले आफ्ना सेयरधनीहरूलाई ४.२१ प्रतिशत नगद मात्रै लाभांश वितरण गर्ने तय गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको