Like us!
Follow us!
Connect us!
Watch us!

आज देशभर मौसम सफा रहने, हिमाली भूभागमा हिमपातको सम्भावना

अर्थ संसार

विहीबार, ०९ कार्तिक २०८०, ०९ : ३० मा प्रकाशित

आज देशभर मौसम सफा रहने, हिमाली भूभागमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागले नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेपनि देशभरकै मौसम सफा रहने जनाएको छ ।

विभागको मौसमी बुलेटिन अनुसार अहिले पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा तथा  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा वर्षा, चट्याङ्ग र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउ अपनाउन विभागले अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको