Like us!
Follow us!
Connect us!
Watch us!

जे मन लाग्यो त्यहिँ गर्न थाले बिक्री प्रबन्धक, पहिलो चरणको आइपिओ बाँडफाँड नै नगरि नेपाल वेयरहाउजिङ र मुक्तिनाथ कृषिको सर्वसाधारणलाई भद्रगोल आव्हानपत्र !

अर्थ संसार

बुधबार, ०६ मंसिर २०८०, ०७ : ४९ मा प्रकाशित

जे मन लाग्यो त्यहिँ गर्न थाले बिक्री प्रबन्धक, पहिलो चरणको आइपिओ बाँडफाँड नै नगरि नेपाल वेयरहाउजिङ र मुक्तिनाथ कृषिको सर्वसाधारणलाई भद्रगोल आव्हानपत्र !

वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्ट्याइएको आइपिओ बाँडफाँड नै नगरि बिक्री प्रबन्धकहरुले कम्पनीहरुले सर्वसाधारणलाई आइपिओ जारी गर्न थालिने गर्ने गलत तरिका अपनाएका छन्  ।

पछिल्लोपटक नेपाल वेयरहाउजिङ तथा मुक्तिनाथ कृषि कम्पनीले पहिलो चरणको आइपिओ बाँडफाँड नै नगरी सर्वसाधारण समूहको आइपिओ जारी गर्न आव्हानपत्र सार्वजनिक गरेका हुन् । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले कार्तिक १० गतेदेखि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेका थिए । उक्त आइपिओ हालसम्म बाँडफाँड भएको छैन ।

यसरी एक चरणको आइपिओ बाँडफाँड नै नभई अर्को चरणको आइपिओ निष्कासनका लागि कम्पनीहरुले आह्वान पत्र जारी गरिसकेका छन् । आइपिओ बाँडफाँड नगरी आव्हान पत्र जारी गर्दा त्यसमा त्रुटि हुने सम्भावना त रहन्छ नै सर्वसाधारणको सूचनाको हकसमेत उल्लंघन भएको छ। धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ अनुसार आव्हान पत्रमा बिक्री प्रस्ताव संक्षिप्त जानकारी हुने प्रमुख कुराहरु समेट्नुपर्दछ । यसमध्ये कम्पनीले जारी गर्न लागेको कित्ता संख्या, धितोपत्र बिक्री खुला तथा बन्द हुने मिति, दरखास्त फारम भर्ने तरिका, कम्पनीको आर्थिक विवरण लगायत नै प्रमुख हुन् । 

तर वैदेशिक रोजगारमा रहेका नेपालीमा जारी आइपिओ शतप्रतिशत बाँडफाँड नभए बाकिँ नभएको सेयर सर्वसाधारण मै जारी हुने हुँदा बाँडफाँड नै नगरि निकालिएको आह्वान पत्रको अर्थ रहदैंन । यसैगरी आइपिओ निष्कासनको लामो समय हुँदा पनि बाँडफाँड नहुनुमा भने बिक्री प्रबन्धक क्यापिटल कम्पनीको लापरबाही रहेको बुझ्न सकिन्छ । समयमै आइपिओ बाँडफाँड भए निष्कासक कम्पनीले आव्हानपत्रमा गर्नुपर्ने उचित हेरफेर गरि आव्हानपत्रमा जारी गर्न सक्दछन् र सर्वसाधारणलाई सही सूचना प्रवाह हुनसक्दछ ।

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने मिति तोकेको छ। कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणलाई लागि निष्काशन खुला गर्न लागेको सूचनामा उल्लेख छ। तर आइपिओ हालसम्म बाँडफाँड भएको छैन । यस कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। तेस्तै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आजै मात्र मङ्सिर ८ गते देखि सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भनेर आवहान मात्र सूचना निकालेको छ। 

म्युचुअल फण्ड र कर्मचारीले आइपिओ भरेको नभरेको जानकारी छैन 

वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्ट्याइएको आइपिओ बाँडफाँड नै नगरि बिक्री प्रबन्धकहरुले कम्पनीहरुले सर्वसाधारणलाई आइपिओ जारी गर्न थालिनि गर्दा उक्त आइपिओमा म्युचुअल फण्ड र कर्मचारीले उक्त कम्पनीको  आइपिओमा आवेदन दिएको नदिएको पति थाहा नहुने अवस्था सिर्जना भएको छ।  त्यति मात्र नभई भोलि यदि म्युचुअल फण्ड र कर्मचारीले उक्त कम्पनीको  आइपिओमा आवेदन नदिने भएमा फेरि बिक्री प्रबन्धकले अर्को सूचना निकाल्दा त्यसले झन् सर्वसाधारणमा अन्योल सिर्जना गर्ने तय छ। 

त्यति मात्र नभई यी बिक्री प्रबन्धकहरुले वैदेशिक रोजगारीमा गएका नेपालीलाई निकालेको सूचनालाई सर्वसाधारणलाई पनि त्यहि सूचनालाई पहिलो पटक निकालिएको भनेर व्याख्या गर्ने प्रयत्न गरिएको छ। 

बिक्री प्रबन्धकले गरेको यस्तो लापरवाहिको बारेमा नियामक सँग बुझदा नेपाल धितोपत्रको अब यस कुरामा ध्यान गएको र धितोपत्र दर्ता तथा निष्काशन नियमावलीलाई आधार मानेर आफुहरु बिक्रि प्रबन्धकसँग जानकारी लिने बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको