Like us!
Follow us!
Connect us!
Watch us!

३०% कम लाभांश कहिल्यै नदिएको नबिलको क्रम भंग, इतिहास कै कमजोर लाभांश घोषणा (लाभांश इतिहास)

अर्थ संसार

विहीबार, ०७ मंसिर २०८०, ११ : ५९ मा प्रकाशित

३०% कम लाभांश कहिल्यै नदिएको नबिलको क्रम भंग, इतिहास कै कमजोर लाभांश घोषणा (लाभांश इतिहास)

नबिल बैंकले गत आर्थिक वर्षको घोषणा गरेको लाभांस बैंकको इतिहास कै कमजोर लाभांश घोषणा गरेको पाइएको छ । नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट केबल सेयरधनीलाई केबल नगद लाभांश मात्रै ११ % दिने प्रस्ताव गरेको छ । 

बैंकको गएको १३ वर्षको इतिहास हेर्ने हो भने बैंकले ३० प्रतिशत भन्दा कम कहिले दिएको थिएन तर बैंकले यसपाली सेयरधनीलाई नसोचेको एकदमै कम ११ प्रतिशत त्यो पनि नगद मात्रै दिने भएको छ। 

नबिल बैंक लिमिटेडको १३ वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० नगद लाभांश वितरण गरेकाे थियाे । यस वर्ष बाेनस वितरण गरेकाे थिएन ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ४० प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र ४० प्रतिशत नगद गरि कूल ६५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ४५ प्रतिशत नगद गरि कूल ६५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र ६.८४२ प्रतिशत नगद गरि कूल ३६.८४२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १८ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३३.५ प्रतिशत बाेनस र १.७६ प्रतिशत नगद गरि कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेकाे थियो ।

११. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३३.६ प्रतिशत बाेनस र ४.४ प्रतिशत नगद गरि कूल ३८ प्रतिशत लाभांश वितरण गरेकाे थियो ।

१२. आर्थिक वर्ष २०७८/७९ : आर्थिक वर्ष २०७७/७८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १८.५  प्रतिशत बाेनस र ११.५ प्रतिशत नगद गरि कूल ३०  प्रतिशत लाभांश वितरण गरेकाे थियो ।

१३. आर्थिक वर्ष २०७९/८० : आर्थिक वर्ष २०७९/८० मा बैंकले आफ्ना सेयरधनीहरूलाई ११  प्रतिशत नगद मात्रै लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको