Like us!
Follow us!
Connect us!
Watch us!

समयमै वित्तीय विवरण नबुझाउँदा धितोपत्र बोर्डले ८८ कम्पनीलाई तिरायो नगद जरिवाना

अर्थ संसार

मंगलबार, १२ मंसिर २०८०, १८ : ५३ मा प्रकाशित

समयमै वित्तीय विवरण नबुझाउँदा धितोपत्र बोर्डले ८८ कम्पनीलाई तिरायो नगद जरिवाना

समयमै वित्तीय विवरण नबुझाउने ८८ कम्पनीलाई नेपाल धितोपत्र बोर्डले नगद जरिवाना तिराएको छ ।

आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण बुझाउन ढिलाई गर्ने ६९ कम्पनीलाई प्रति कम्पनी ५० हजारका दरले तथा विवरण नै नबुझाउने १९ कम्पनीलाई प्रति कम्पनी एक लाखका दरले जरिवाना तिराएको हो । जरिवानामा पर्नेमा एक-एक ट्रेडिङ र अन्य समूहबाट, दुई फाइनान्स, दुई जीवन बिमा कम्पनी, चार विकास बैंक, तीन होटल, तीन लगानी कम्पनी, चार उत्पादन कम्पनी,  पाँच निर्जीवन बिमा, २४ लघुवित्त र ३९ हाइड्रोपावरहरु रहेका छन् ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम १ बमोजिम धितोपत्र दर्ता गरेका संगठित संस्थाले प्रत्येक तीन महिनाको वित्तीय विवरण सो त्रैमासिक अवधि समाप्त भएको तीस दिन भित्र बोर्ड समक्ष पेश गर्नु पर्नेछ । यस आर्थिक वर्षको प्रथम त्रैमासिक रिपोर्ट बुझाउने समय पनि सकिइसकेको हुँदा समयमा विवरण नबुझाउने कम्पनीहरुलाई समेत अब धितोपत्र बोर्डले जरिवाना तिराउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको