Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं अदालतले पक्राउ पुर्जी जारी गरेपछि नेकपाले सार्वजनिक गर्यो विरोधका कार्यक्रम

अर्थ संसार

मंगलबार, १९ मंसिर २०८०, १२ : ०८ मा प्रकाशित

काठमाडौं अदालतले पक्राउ पुर्जी जारी गरेपछि नेकपाले सार्वजनिक गर्यो विरोधका कार्यक्रम

काठमाडौं जिल्ला अदालतले पार्टीका शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि नेत्रविक्रम चन्द विप्लवको नेपाल कम्युनिस्ट पार्टीले विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टीले एक वक्तव्य जारी गर्दै अदालतको उक्त निर्णय २०७७ साल फागुन २१ गते भएको तीन बुँदे सहमतिको ठाडो उल्लङ्घन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको जनाएको छ । न्यायाधीशले गरेको निर्णय गैरकानूनी, असभ्य एवं अराजक भएको भन्दै यस्ता वितण्डावादी कार्य रोक्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पक्राउ पुर्जीविरूद्ध नेकपाले मङ्गलबार साँझ मसाल जुलुस निकाल्ने, बुधबार न्यायाधीशको पुत्ला दहन गर्ने तथा २१ गते देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । काठमाडौं जिल्ला अदालतले मङ्सिर १० गते नेकपा महासचिव चन्दसहित पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा, माइला लामा र राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो ।

उनीहरुविरुद्ध सरकारले दायर गरेको राज्यविरुद्धको कसुर मुद्दामा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको