Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी विकास बैंक र नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार

अर्थ संसार

विहीबार, २८ मंसिर २०८०, १० : ०८ मा प्रकाशित

मितेरी विकास बैंक र नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार

मितेरी विकास बैंक र नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ ।

मितेरी बैंकको ९.५ प्रतिशत बोनस सेयर आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब कम्पनीको कारोबार प्रति सेयर ३९०.८७ रुपैयाँमा खुल्नेछ । हिजो उक्त विकास बैंकको अन्तिम कारोबार ४२८ रुपैयाँमा भएको थियो ।

यसैगरी नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब कम्पनीको कारोबार प्रति सेयर ७९५.४५ रुपैयाँमा खुल्नेछ । हिजो उक्त विकास बैंकको अन्तिम कारोबार ८७५ रुपैयाँमा भएको थियो ।

दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ आज मङ्सिर २८ गते बुकक्लोज गर्दैछन् । अर्थात हिजो मङ्सिर २७ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता हुन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको