Like us!
Follow us!
Connect us!
Watch us!

बैंकमा राखेको पैसा तँपाईले फिर्ता लिन जाँदा फिर्ता दिनु बैंकको दायित्व हो ,तर सेयरमा हालेको पैसा फिर्ता माग्ने अधिकार समेत तपाँइलाई हुँदैन किन थाहा छ?

देव गुरागाईँ

अर्थ संसार

आइतबार, ०८ पुस २०८०, ०७ : ०३ मा प्रकाशित

बैंकमा राखेको पैसा तँपाईले फिर्ता लिन जाँदा फिर्ता दिनु बैंकको दायित्व हो ,तर सेयरमा हालेको पैसा फिर्ता माग्ने अधिकार समेत तपाँइलाई हुँदैन किन थाहा छ?

सेयरबजार जस्तो अति संवेदनशिल बजार, त्यो पनि नेपाल जस्तो देशमा अर्को स्टक एक्सचेन्ज निजी क्षेत्रलाइ वा कुनै स्वार्थ समुहको पोल्टामा दिनु भनेको कति जोखिम हो एकछिन् ठन्डा दिमागले सोच्नुस् त । सेयरबजारमा कस्ता कस्ता बिकृतीहरु हुन्छन् पहिला त्याे अध्ययन गर्नुस् । जसको अभ्यास गर्न संपुर्ण ताला चावी निजीलाई बुझाउनु भयो भने के हाेला ? वैंकमा राखेको पैसा तँपाईले फिर्ता लिन जाँदा फिर्ता दिनु वैंकको दायित्व हो । तर सेयरमा हालेको पैसा फिर्ता माग्ने अधिकार समेत तपाँइलाई हुँदैन किन थाहा छ? किनकी सेयरधनीको दायित्व सिमित हुन्छ । कम्पनीले फिर्ता दिन सकेन भने फिर्ता नदिदाँ पनि हुन्छ ।

अनि वैंकिगं, वीमा, दुरसंचार जस्ता ब्यवसायसँग दाँजेर स्टक एक्सचेन्ज पनि प्रतिपर्धी ब्यवसायी हुनु पर्यो, वहु स्टक एक्सचेन्ज ल्याउनु पर्यो भन्ने तर्क संगत कुरा हाेइन किनकी स्टक एक्सचेन्जले गर्ने ब्यवसाय (सेयर बजार)अति संवेदनशिल बजार हाे । त्यसैले हामी यहाँ सेन्सेटिभ सुचक हेर्ने गर्दछाैं । नेप्से आफैमा नियामक पनि हो । यसका प्रतिनिधी (दलाल) कम्पनी हुन्छन् । धितोपत्र राफसाफ एजेन्टहरु (कम्पनी) हुन्छन जसलाई यसले नियमन गर्दछ । सुचिकृत कम्पनीहरु हुन्छन् जसलाई यसले आंशिक रुपमा भएपनि नियमन गर्नु पर्दछ ।

थाहा छ, भारतको सेयर बजार बजार पुँजिकरण कति छ ? ४ ट्रिलियन डलर पुगेकाे छ । बिनिमय दर १३२ ले हिसाव गर्ने हो भने ने.रु. ५२८ र्खव बजार पुँजिकरण छ । नेपालमा जम्मा ०.०२४ ट्रिलियन डलर (रू.३० खर्व)। त्यसो हो भने त भारतमा १७ वटा स्टक एक्सचेन्ज हुन पर्ने होइन र ? अमेरिकाको सेयर बजार पुजिँकरण ने.रु.मा हेर्दा रु. ६००६ र्खव रहेकोछ । नेपालसँग तुलता गर्ने हो भने त्यहाँ २०० वटा जति स्टक एक्सचेन्ज हुनु पर्ने होइन र ? नेपाल भन्दा १७ गुणा बढि बजार पुँजिकरण भएको भारतमा अर्को पनि: तेश्रो, चौथो ..... स्टक एक्सचेन्ज चाहियो भनेको कहिल्यै सुन्नु भएको छ ?

कहिलेकंही बिद्युत आर्पुतीमा समस्या हुँदा वा AMC(वाइको) को हवाला दिएर नेप्सेको बदनाम गराउने कोशिस गर्ने स्वार्थ समुहकाे प्रयासमा थपडी बजाउने तपाँइ कस्ताे लगानीकर्ता ? ठण्डा दिमागले साेच्नुस् त । भाेली तपाँइलाइ अफ्टेराे पर्दा ढाढस दिने निकाय काे हाे,सरकार कि निजी क्षेत्र ?

हो, नेप्सेकाे केही पुर्नसंरचना गर्ने कुरामा दुईमत छैन, अध्ययन कार्य अगाडी बढेको पनि छ । ढिलो चाँडो त्यो पुरा होला । लगानीकर्ताले अलिकती धयर्ता राख्न सक्नु पर्दछ । बजार विकासको लागि नयाँ उपकरणहरु चाहिन्छ त्यो सवैलाइ थाहा छ, अनि त्यो उपकरण ल्याउन चाहिने पोलिसी, अनुमति कस्ले दिन्छ ? के त्याे चाँही थाहा पाउनु पर्दैन ? कि त्यसको लागि पनि अर्को सेवोन चाहिने हो ? ईन्ट्राडे कारोवार र्गन दिनु पर्यो भनेर नेप्सेले सेवोनमा पठाएको फाईल अडि्किएकाे कति वर्ष भो, थाहा छ ? कि निजी क्षेत्रकाे स्टक एक्सचेन्ज भएको भए फाईलको वीचमा अरुथोक पनि जान्थ्यो र चाँडै स्विकृत हुन्थ्यो भन्न खोजेको हाे? त्यस्तो हो भने, के हामीलाई चाहिएको स्टक एक्सचेन्ज त्यस्तै हो त ?

के र्सटसेल गर्न अहिलेको TMS मा फिर्चस छैन र ? तर लगानीकर्ताले किन त्यो प्रयोग गर्न पाईरहेका छैनन् ? प्रयोग गर्न कस्ले दिएन त्यो अध्ययन गर्नुस् । कि यसको लागी पनि अर्को सेवोन चाहिने हो ? मैले सुन्दै थिएँ आईपियो सेवोनले रोक्यो रे ? सेवोनले पाए सम्म त दिनकै ४ वटा स्वीकृत दिईरहैकै थियो त । अझै प्रिमियम थपिदिएरै स्विकृत दिएकै थियाे त । सेवोनले रोक्या हैन, सरकारको निर्देशनले रोकेको हो ।

नेपाल जस्ताे सानाे वित्तिय बजारमा विगतमा वैकिंग, वीमा ब्यवसायमा अाेपेन इन्ट्री, अाेपेन एक्जिट भन्दै लाइसेन्स बाँड्दा हालत के भाे ? कतीवटा वैंक तथा वीत्तीय संस्था थिए? कतिवटा डुबे अध्ययन गर्नुस् । र अहिले किन मर्जर र प्राप्ती गर्नु परिरहेकाे छ । बैंक,वीमाकाे लाइसेन्स खुल्ले छाेडेकाे भए हुन्थ्याे त किन वन्द गर्नु परेकाे छ ? कुरा बुझ्ने गर्नुस् ।

सेबाेन अध्यक्ष रमेश हमालले ओपन ईन्ट्री ओपन एक्जिट भन्दै ब्रोकर लाइसेन्स खोलेका होइन त ? के अहिले कसैले व्रोकरको लागि नयाँ अवेदन दिदाँ, त्याे अावेदन लिन्छ त सेवोनले ? किन नलिएको थाहा छ ? खै त, किन हावा खायो ओपन ईन्ट्री ? ओपेन ईन्ट्री कहिं आवधिक हुन्छ ? कस्ले रोक्यो थाहा छ ? त्यो पनि ब्रोकर लाईसेन्स अन्तिममा दिने नेप्सेले राेक्या हाे भन्दिनुस् । नेप्सेकाे काम छैन अर्को चाहियो भन्दिनुस् । भन्नलाई भन्दिनु र साँच्चिकै आवश्यकताको वीचमा अन्तर छुट्याउनुस् अनि मात्र त्यो कुरा तर्क संगत हुन्छ ।

देव गुरागाईँ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको