Like us!
Follow us!
Connect us!
Watch us!

आज सम्म सेयर भए राधी विद्युतको बोनस कन्फर्म

अर्थ संसार

विहीबार, १२ पुस २०८०, ०७ : ०७ मा प्रकाशित

आज सम्म सेयर भए राधी विद्युतको बोनस कन्फर्म

राधी विद्युत कम्पनीको  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले पुस १५ गते बुक क्लोज तय गरेको छ। अर्थात पुस १३ र १४ नेप्सेमा कारोबार नहुने भए पछि आज पुस १२ गते सम्म कारोबार भइ कायम रहेका सेयरधनीहरु मात्र कम्पनीले घोषणा गरेको तथा सभामा भाग लिन पाउनेछन्। 

कम्पनीको पुस ७ गते (शनिबार) बसेको संचालक समितिको बैठकले उक्त आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। जसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश छन्।

कम्पनी घोषणा गरेको लाभाश पारित गर्न  पुस २९ गते वार्षिक साधारणसभा काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजेबाट बोलाएको छ। सभामा कम्पनीको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने प्रस्ताव पनि राखिएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको