Like us!
Follow us!
Connect us!
Watch us!

'लगानीकर्ताको भाग्यमा प्रतिफल लिने योग जुरेको समय'

आदित्य चापागाईं

अर्थ संसार

बुधबार, २५ पुस २०८०, ०८ : २४ मा प्रकाशित

'लगानीकर्ताको भाग्यमा प्रतिफल लिने योग जुरेको समय'

सेयर बजारको लगानी जोखिम सहितको हुन्छ यस विषयमा दुई मत छैन। तर जोखिम मुल्यांकन गरेर लगानी गर्ने सके लगानीकर्ताले जोखिम भन्दा बढी प्रतिफल नै प्राप्त गर्ने गर्न सक्छन। 

सेयर बजारको बुल र बियरको यात्रामा समयमा जोखिम मुल्यांकन गर्न सक्ने सिप भएमा पश्चाताप भने हुदैँन। बिगतका दुई बर्ष नेपालको सेयर बजारका लगानीकर्ताहरुको लागि भने धेरै नै कष्टकर देखियो। तर पनि हाल भने नेपाली अर्थतन्त्रमा अन्तरिक तथा बाह्य क्षेत्र क्रमश सबल बन्दै गएकोले आगामी यात्रा भने सुखद हुने देखिन्छ। 

बैंक ब्याजदर क्रमश घट्दै जानु र बैंकमा तरलता बढ्दै जाने क्रम बढेको हालको परिपेक्षमा धेरै फण्डामेन्टल कम्पनीहरु नेप्से परिसूचक १२०० हुँदाको समयकै मुल्यमा उपलब्ध छन। यो समयमा बजारमा गरेको लगानीमा जोखिम भन्दा बढी प्रतिफल देखिन्छ।  बाणिज्य बैंकहरु त हालको बजार मुल्य अनुसार हेर्दा बुक भ्यालु हाराहारीमै पाउने अवस्था छ। 

६० लाख भन्दा धेरै डिम्याट खाता हुनु, थप उर्जा सहित नयाँ ब्रोकरहरु थपिनु, बैंक तथा  वित्तीय संस्थाकाहरुको भगिनी कम्पनीहरु समेत बजार निर्माताको रुपमा बजारमा प्रवेश पाउनु, भेन्चर क्यापिटल, म्युचुअल फन्ड, क्यापिटल कम्पनीको बढ्दो संख्याले पनि नेपाली पुंजी बजारमा लगानी गर्ने वातावरण निर्माण हुन् शुरु भएको देखिन्छ। 

स्थापित ब्रोकर ब्रोकर कम्पनीहरु पनि देश भरि शाखा विस्तार गर्न अग्रसर देखिन्छ। लामो समय यस क्षेत्रमा योग्दान गरेका यी कम्पनीहरुले पक्कै पनि यस क्षेत्रमा आउने दिनमा राम्रो अवसर देखेको हुनपर्छ।  भखरै मात्र बिमा कम्पनीको नियामक बिमा प्राधिकरणले  जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीले अब कुल लगानीको १५ प्रतिशतसम्म सेयरमा लगानी गर्न पाउने  दायरा विस्तार गरि दियो। अब पुनर्बीमा कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति पाएका प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने निर्णय गर्यो। अर्थात नियामकले पनि आफ्ना कम्पनीहरुको अबको यात्रामा पुंजीबजारमा लगानी एक अभिन्न अंगमा हेरेको बुझिन्छ। 

प्राबिधिक रुपमा समेत बजारमा बुलिस मोमेन्ट लिएको देखिन्छ। प्राबिधिक जानकारहरु बैंक वित्तीय संस्थाहरुको सूचक हेर्दा MACD bullish Crossover/ bullish Divergence सृजना भएको बताउने गरेका छन्।  

पौष मसान्त भइरहँदा अहिले बजारमा मसान्तको प्रेसर लगभग सकिएको अवस्था देखिन्छ। आगामी महिना समेत बैंकको सिडी ८० प्रतिशत भन्दा कम हुने देखिएकोले बैंकमा पैसा अधिक भएको स्पष्ट छ।  त्यस्तै कर्जा विस्तार गर्न बैंकहरुले नसकेको हुदा ब्याजदर पुन: घट्ने चर्चा बैंकिंग वृतमा देखिएको जानकारहरु बताउन थालेका छन्  .माघ महिनालाई एनआईसी एशिया बैंकले ब्याज घटाई पनि सकेको छ। 

तसर्थ, समग्र अवस्था सकारात्मक भएको अवस्था छ।  अझ नेपालमा आगामी वैशाखमा लगानी सम्मेलन आयोजना हुदैँछ त्यसको लागि समेत सरकार लगानीकर्ता मैत्री नीति निर्माण गर्न बाध्य छ।  त्यसैले नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय, धितोपत्र बोर्ड तथा अन्य सरोकारवाला निकायहरु सहित सरकार समेतले लगानीकर्ता मैत्री नीति बनाउनै पर्ने देखिन्छ।  यी परिदृश्य र घटनाक्रमले अहिले लगानीकर्ताको भाग्यमा प्रतिफल लिने योग जुरेको समय भन्नु गलत होला र ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको