Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता बारे निष्पक्ष छानबिन गर्न माग गर्दै संसदमा निवेदन पेश

अर्थ संसार

मंगलबार, ०९ माघ २०८०, १६ : १० मा प्रकाशित

सहकारी घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता बारे निष्पक्ष छानबिन गर्न माग गर्दै संसदमा निवेदन पेश

सहकारी घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता बारे निष्पक्ष छानबिन गर्न माग गर्दै संसद र राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन परेको छ ।

सिन्धुलीका युवराज सफलले प्रतिनिधि सभाका सभामुख र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिलाई निवेदन लेखेका हुन् । उनले पेश गरेको निवेदनमा रवि लामिछानेको खातामा सहकारीबाट रु १ करोड ८० लाख डिपोजिट भएको प्रमाण सार्वजनिक भएको साथै रवि लामिछानेको रु १ करोड ८० लाखको गोरखा मिडिया नेटवर्कको शेयर खरिद विक्रिको कागज समेत सार्वजनिक भएको उल्लेख गरिएको छ ।

निवेदनमा रवि लामिछानेको सहकारी ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले समेत सहकारी ठगी सम्बन्धी फाइलहरु जफत गरी अनुसन्धान गरेको अबस्था रहेको बताउँदै ३५ हजार बचतकर्ताको करिव ५२ करोड घोटाला प्रकरणमा निज रवि लामिछानेको संलग्नता के कसरी भएको हो सो को निष्पक्ष छानविन गर्न माग गरिएको छ । 

छानबिन गरी दोषीलाई कारवाही गर्न आवश्यक पर्ने भएकोले निज रवि लामिछानेको सहकारी ठगी सम्बन्धी विषयमा आवश्यक छानविन गर्न संसदीय छानविन समितिको आवश्यकता भएको हुँदा तत्काल संसदीय छानविन समिति गठन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिन पनि सफलले माग गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको