Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारको गिरावट रोक्न चीनले नियन्त्रण गर्न लागेको सर्ट सेलिङ के हो?

अर्थ संसार

मंगलबार, १६ माघ २०८०, १६ : ३० मा प्रकाशित

सेयरबजारको गिरावट रोक्न चीनले नियन्त्रण गर्न लागेको सर्ट सेलिङ के हो?

चीनले सेयरबजारमा लगातार गिरावट आएपछि वित्तीय बजार नियमन गर्न नयाँ नियमहरु ल्याउने भएको छ ।

करिब ३ वर्ष अघि उचाईमा पुगेको चिनियाँ र हङकङ स्टक एक्सचेञ्जमा त्यसयता गिरावट आउँदा लगानीकर्ता ६ ट्रिलियन डलर गुमाइसकेका छन् । अब सेयरबजार थप गिर्न नदिन त्यहाँको चीन सेक्युरिटी रेगुलेटरी कमिशन (सिएसआरसी) ले नियमन बढाई बजार स्वच्छ बनाउने अभियान थाल्ने भएको हो । हिजो सोमबार देखि लागू हुनेगरी सिएसआरसीले सर्ट सेलिङमा नयाँ लिमिटहरु लगाएको हो ।

सिएसआरसीले हालका लागि केही छानिएका स्टकहरुलाई सर्ट सेलिङ गर्न पूर्णतया प्रतिबन्ध लगाइएदिएको छ भने आउँदो मार्च १८ देखि थप कम्पनीहरुमा सोही किसिमको व्यवस्था गरिने जनाएको छ । नेपालमा पनि पछिल्लो समय आवश्यक मानिएको सर्ट सेलिङले घट्दो बजारलाई थप घटाउन टेवा दिएको भन्दै चीनले भने नियमनको दायरामा ल्याउन लागेको हो ।

आखिर के हो सर्ट सेलिङ

सर्ट सेलिङ भन्नाले आफूसँग आजका दिनमा नभएको सेयर ब्रोकरसँग उधारो लिएर बेच्ने र सेयरको भाउ घटेपछि बजारबाट किनेर ब्रोकरलाई उधारो फिर्ता गर्ने एक औजार हो । यसरी घट्दो बजारबाट समेत फाइदा उठाउन सक्ने माध्यम सर्ट सेलिङ हो । जसरी बजार बढ्दा बुलहरुले बजार बढाउन थप खरिद प्रेसर दिँदै जान्छन् त्यसैगरी घट्दो बजारमा बियरहरुले बजार घटाउन थप प्रेसर दिँदै जान्छन् । यसरी बजार घट्दा समेत फाइदा हुने हुँदा सर्ट सेलिङको सुविधा भएको बजारलाई "टु वे मार्केट" पनि मान्न सकिन्छ ।

चीनमा पनि बजार घट्ने अपेक्षाबीच अत्यधिक सर्ट सेलिङ हुँदा बिक्री प्रेसर मात्र आएर बजार लगातार घटेको जानकारहरु बताउँछन् । नेपालको सन्दर्भमा त झन् केही सीमित ठूला खेलाडीको चालले बजार अत्यधिक प्रभावित हुने हुँदा सर्ट सेलिङ भित्र्याउनु अघि नियामकले राम्रो अध्ययन गर्नु अत्यन्त जरुरी देखिएको छ । समग्र नेप्से इन्डेक्सलाई नै उच्च भोलाटाएल बनाउने लार्ज क्याप स्टकहरुलाई सर्ट सेलिङ गर्न नपाउने नियम बनाउँदा चीनको जस्तो समस्या नआउने बुझ्न सकिन्छ । अन्यथा कुनै समय जुवाघर भनेर समेत टिप्पणी पाएको नेपाली स्टक बजार थप स्पेकुलेटिभ बन्ने खतरा रहन्छ नै ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको