Like us!
Follow us!
Connect us!
Watch us!

नवनिर्मित गठबन्धनको दोस्रो बैठक बालुवाटारमा सुरु

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, १६ : ०० मा प्रकाशित

नवनिर्मित गठबन्धनको दोस्रो बैठक बालुवाटारमा सुरु

सत्ता साझेदारी गर्न आज बिहान बनेको दलहरुको नयाँ गठबन्धनको दोस्रो बैठक बालुवाटारमा सुरु भएको छ ।

मन्त्री बाँडफाँडमा सहमति जुटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव भेला भएका हुन् । यस अघि आजै बाँडफाँडको खाका बनाउन एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादीका उपमहासचिव वर्षमान पुन, रास्वपाका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सहितको कार्यदल बनिसकेको छ ।

हालसम्म एमालेबाट पदम गिरी, रास्वपाबाट डिपि अर्याल र माओवादीबाट वर्षमान पुन मन्त्री नियुक्त भइसकेका छन् । उनीहरुले आज साँझ सपथ लिने कार्यक्रम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको