Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी प्रदेश सरकारका दुई माओवादी मन्त्री बर्खास्त

अर्थ संसार

मंगलबार, २२ फागुन २०८०, १२ : ४७ मा प्रकाशित

गण्डकी प्रदेश सरकारका दुई माओवादी मन्त्री बर्खास्त

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रबाट क्याबिनेटमा रहेका दुई मन्त्रीलाई बर्खास्त गरिदिएका छन् ।

नेपाली काङ्ग्रेसका मुख्यमन्त्री पाण्डेले सामाजिक विकास मन्त्री सुशील सिंखडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई मङ्गलबार पदबाट बर्खास्त गरिदिएका हुन् । दुवै मन्त्रालयलाई उनले आफू मातहत नै ल्याएका छन् ।

केन्द्रमा काङ्ग्रेस-माओवादी गठबन्धन टूटेसँगै त्यसका बाछिटा संघ सरकारसम्म पुग्न थालेको हो । केन्द्रमा नेकपा माओवादी केन्द्रले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालसँगको नयाँ गठबन्धन बनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको