Like us!
Follow us!
Connect us!
Watch us!

काङ्ग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

अर्थ संसार

मंगलबार, २२ फागुन २०८०, १७ : ५८ मा प्रकाशित

काङ्ग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

गठबन्धन तोडिएसँगै नेपाली काङ्ग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समितिको बैठक आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको थियो ।

गठबन्धनबाट बाहिरिएसँगै अब काङ्ग्रेस प्रतिपक्षको भूमिकामा बस्ने जनाइएको छ । हालका प्रमुख प्रतिपक्ष रहेका रास्वपा र एमाले भने नयाँ गठबन्धन मार्फत सरकारमा प्रवेश गरिसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको