Like us!
Follow us!
Connect us!
Watch us!

काङ्ग्रेस सभापति देउवा पत्नी आरजु लिएर माधव नेपालको निवासमा

अर्थ संसार

बुधबार, २३ फागुन २०८०, १० : ३९ मा प्रकाशित

काङ्ग्रेस सभापति देउवा पत्नी आरजु लिएर माधव नेपालको निवासमा

काङ्ग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् ।

पछिल्लो समय विकसित घटनाक्रमसँगै निर्णायक शक्ति बन्न पुगेको समाजवादी पार्टीसँगको भेटलाई महत्वपूर्ण मानिएको हो । हिजो राति मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि माधव नेपालको निवास पुगेका थिए । हिजोको वार्ता सकारात्मक नै रहेको समाजवादी पक्षको प्रतिक्रियाबीच काङ्ग्रेस नेतृत्व पनि समाजवादीसँग पावर सेयरिङ बारे छलफलमा जुट्न लागेको अनुमान गरिएको छ ।

देउवा केहीबेर अघि मात्रै आरजु देउवा र पार्टीका नेता रमेश लेखकसहित कोटेश्वरस्थित नेपालको निवासमा पुगेका छन् । काङ्ग्रेस- माओवादी गठबन्धन टुटेर एमाले - माओवादी गठबन्धन बनेसँगै शक्ति बाँडफाँडका विभिन्न समीकरणहरु बारे छलफल तीव्र हुन थालेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको