Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालय माओवादीले नै राख्ने, अन्य मन्त्रालय क-कसको भागमा?

अर्थ संसार

बुधबार, २३ फागुन २०८०, १४ : ०८ मा प्रकाशित

अर्थ मन्त्रालय माओवादीले नै राख्ने, अन्य मन्त्रालय क-कसको भागमा?

नवगठित गठबन्धनले सरकारमा सहभागी हुने पार्टीहरुलाई मन्त्रालयको भागवन्डा लगभग टुङ्गो लगाएका छन् ।

सहमति अनुसार अर्थ र परराष्ट्र मन्त्रालय माओवादीले नै राख्ने भएको छ । माओवादीले अर्थ मन्त्रीमा वर्षमान पुन र परराष्ट्र मन्त्रीमा नारायणकाजी श्रेष्ठको नाम अघि सारेको छ । गृहमन्त्रालयसहित चार मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले लिने भएको छ । गृहमन्त्रीमा पार्टी सभापति रवि लामिछाने, शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ र श्रम मन्त्रीमा डोलप्रसाद अर्याल नियुक्त हुने भएका छन् ।

यसैगरी एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् । एमालेकै पदम गिरी र माओवादीका हितबहादुर तामाङले भने मन्त्रीको सपथ लिइसकेका छन् । उनीहरुले कुन मन्त्रालयको नेतृत्व लिने भन्ने बारे भने टुङ्गो लागेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको