Like us!
Follow us!
Connect us!
Watch us!

नेसनल लघुवित्त र माउन्टेन इनर्जी नेपालको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार

अर्थ संसार

मंगलबार, २९ फागुन २०८०, १६ : ११ मा प्रकाशित

नेसनल लघुवित्त र माउन्टेन इनर्जी नेपालको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार

नेसनल लघुवित्त र माउन्टेन इनर्जी नेपालको सेयरमूल्य समायोजन भएको छ ।

नेसनल लघुवित्तले घोषणा गरेको ७.५ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब आइतबार स्वरोजगार लघुवित्तको कारोबार ११३४.८८ रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबार १२२० रुपैयाँमा भएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसमेत गरि ७.५ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी माउन्टेन इनर्जी नेपालले घोषणा गरेको १५ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब आइतबार स्वरोजगार लघुवित्तको कारोबार ५५७.३९ रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबार ६४१ रुपैयाँमा भएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै कम्पनीले फागुन ३० गते बुकक्लोज तय गरेको छन् । तसर्थ आजसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न तथा साधारणसभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको