Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा सरकारले आज विश्वासको मत लिँदै

अर्थ संसार

बुधबार, ३० फागुन २०८०, ०७ : २८ मा प्रकाशित

संसदमा सरकारले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिँदै छन्।

प्रधानमन्त्री प्रचण्डले यस अघिको नेपाली कांँग्रेस सहितको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाएपछि आज  संसदमा विश्वासको मत लिने तयारी गरेका हुन्। 

प्रधानमन्त्री दाहालले हाल एमाले, रास्वपालगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको कारण सरकारले विश्वासको मत लिनु परेको हो ।

आज बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार विश्वासको मत लिने प्रस्ताव पेश गर्नुअघि सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएपछि सभामुख घिमिरेले विश्वासको मत लिने प्रक्रिया अघि बढाउने छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दहरु एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ‘ह्विप’ जारी गरिसकेका छन् ।

कुल २ सय ७५ सदस्य रहेको संसदबाट विश्वास पाउन प्रधानमन्त्रीलाई १ सय ३८ मतको आवश्यकता पर्छ । यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विपक्षमा मत दिने भएको छ ।

संसदमा प्रधानमन्त्री दाहालले आज तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ । गतवर्ष पुस २६ गते र चैत ६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको