Like us!
Follow us!
Connect us!
Watch us!

८७ प्रतिशत मतसहित पुटिन पाँचौ कार्यकालका लागि निर्वाचित

अर्थ संसार

सोमबार, ०५ चैत्र २०८०, ०७ : २४ मा प्रकाशित

८७ प्रतिशत मतसहित पुटिन पाँचौ कार्यकालका लागि निर्वाचित

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन भारी बहुमतका साथ पाँचौ कार्यकालका लागि निर्वाचित भएका छन् ।

गएको शुक्रबार, शनिबार र आइतबार गरि तीन दिनसम्म भएको चुनावमा अन्य चार प्रतिस्पर्धीलाई ठूलो अन्तरले पछि ८७ प्रतिशतसहित पुटिन निर्वाचित भएका हुन् । पुटिनका निकटतम् प्रतिद्वन्द्वी कम्युनिस्ट पार्टीका उम्मेदवार निकोलाइ खारितोनोभले ४ प्रतिशत मत ल्याउँदा अन्य दुई उम्मेदवारले त्यो भन्दा पनि कम मत पाएका थिए । अनलाइन भोटिङ पनि गरिएको निर्वाचनमा ८० लाख मत अनलाइन मार्फत नै खसेको जनाइएको छ । 

मस्को, सेन्ट पिटर्सबर्गलगायतका मुख्य सहरमा ठूलो संख्यामा मतदाताहरु लामबद्द देखिएका थिए भने विश्वका कैयौं देशका राजदूतावासहरु मार्फत पनि मतदान गरिएको थियो । रसिया नियन्त्रित युक्रेनका डोनेत्स्क, लुहान्स्क, क्रीमिया, जाफ्रोजिया र खेर्सोन शहरमासमेत मतदान गरिएको थियो । पश्चिमा देशहरुले भने निर्वाचन कुनै हालतमा पनि निस्पक्ष हुन नसक्ने आरोप लगाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको