Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य बीमा बोर्डमा सूचीकृत अस्पतालले हप्ताको एकदेखि तीन दिनसम्म बहिरङ्ग विशेषज्ञ सेवा दिनुपर्ने

अर्थ संसार

सोमबार, ०५ चैत्र २०८०, १२ : ५५ मा प्रकाशित

स्वास्थ्य बीमा बोर्डमा सूचीकृत अस्पतालले हप्ताको एकदेखि तीन दिनसम्म बहिरङ्ग विशेषज्ञ सेवा दिनुपर्ने

स्वास्थ्य बीमा बोर्डमा सूचीकृत अस्पतालले हप्ताको एकदेखि तीन दिनसम्म अनिवार्य बहिरङ्ग विशेषज्ञ सेवा दिनुपर्ने भएको छ ।

बोर्डले आज जारी गरेको सूचना अनुसार बोर्डमा सूचीकृत निजी, सरकारी, सामुदायिक तथा मेडिकल कलेजमध्ये एक सय शैय्यासम्मका अस्पतालले हप्तामा एक दिन, दुई सय शैय्यासम्मका अस्पतालले हप्तामा दुई दिन र तीन शैय्यासम्मका अस्पतालले हप्तामा तीन दिन बहिरङ्ग विशेषज्ञ सेवा दिनुपर्नेछ ।

यसैगरी सरकारी स्वास्थ्य संस्था (आधारभूत अस्पताल, प्रादेशिक अस्पताल)ले आफूलाई अत्यावश्यक परेको वा देखिएको विशेषज्ञको सहयोग लिनको लागि नजिकको त्यस्ता विशिष्टिकृत स्वास्थ्य संस्थासँग समन्वय गरि बीमितलाई सहज रुपमा बहिरङ्ग सेवा उपलब्ध गराउनुपर्ने पनि उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको