Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य बीमामा नयाँ व्यवस्थाहरु लागू हुँदै, नागरिक एपको क्युआरबाटै सेवा लिन सकिने

अर्थ संसार

बुधबार, ०७ चैत्र २०८०, १२ : २१ मा प्रकाशित

स्वास्थ्य बीमामा नयाँ व्यवस्थाहरु लागू हुँदै, नागरिक एपको क्युआरबाटै सेवा लिन सकिने

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा नयाँ व्यवस्थाहरु लागू गर्ने भएको छ । फागुन २४ बसेको बोर्डको बैठकले विभिन्न व्यवस्थापकीय परिवर्तन गर्न कार्यक्रममा आवद्ध सबै संस्थालाई निर्देशन जारी गरेको छ ।

नयाँ नियम अनुसार अब सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले नियमित खाने औषधी लिन आउने बिरामीहरूको लागि छुट्टै रिफिल काउन्टरको स्थापना गरी सेवा प्रदान गर्नु पर्नेछ । यसैगरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध जेष्ठ नागरिकहरूका लागि छिटो छरितोरुपमा सेवा प्रदान गर्न मंगलबार नियमितरूपमा Geriatric क्लिनिक सञ्चालन गरि सेवा प्रदान गर्नुपर्नेछ ।

नयाँ नियम अनुसार अस्पतालहरूमा सेवा लिन आउने बिरामीहरू मध्ये आधा भन्दा बढी स्वास्थ्य बीमाका बिरामी हुने हुनाले हाल भईरहेको स्वास्थ्य बीमाका बिरामीहरूका लागि छुट्टै लाईनको व्यवस्था हटाई एकै लाईनबाट सबै बिरामीहरूलाई सेवा प्रदान गर्नुपर्नेछ । 
यसैगरी स्वास्थ्य बीमाको परिचयपत्र (बीमा कार्ड) देखाई सेवा प्रदान भईरहेकोमा अब देखि नागरिक एप, एचआइबी प्रोफाइल लगायतका डिजिटल कार्ड बाट निर्माण हुने परिपचपत्रमा भएको क्युआर कोड स्क्यान गरी सो बाट समेत सेवा उपलब्ध गर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको