Like us!
Follow us!
Connect us!
Watch us!

थप १२ अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू

अर्थ संसार

शुक्रबार, १८ जेठ २०८१, १८ : ५९ मा प्रकाशित

थप १२ अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू

स्वास्थ्य बीमा बोर्डले १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताल गरि थप १२ अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ ।

आगामी आर्थिक वर्षदेखि लागू हुने गरि काठमाडौं उपत्यकाका चार र बाहिरका ८ वटा अस्पताललाई कार्यक्रममा आबद्ध गरिएको हो । सेवा विस्तार गरिएका अस्पतालमा काठमाडौंका सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज टिचिङ अस्पताल, सितापाइलास्थित मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल , जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल र ग्वार्कोस्थित किष्ट मेडिकल कलेज टिचिङ अस्पताल रहेका छन् ।

यसैगरी विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, झापाको बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल, चितवनको चितवन मेडिकल कलेज शिक्षण अस्पताल, रुपन्देहीको देवदह मेडिकल कलेज र बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । आँखा अस्पतालतर्फ झापाको विर्ताज्योति आइकेयर प्रालि र पोखराको दृष्टि आई अस्पताल पनि स्वास्थ्य बीमा सेवामा आबद्ध भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको