स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेका बिरामीले फलोअपका लागि पुन: रिफर लिन नपर्ने व्यवस्था गरेको छ ।
बोर्डका अनुसार बीमा कार्यक्रममा आबद्ध बिरामीले अब एकपटक रिफर लिएर उपचार गराएपछि फेरि सोही रोगको फलोअपमा जान पुन रिफर लिन नपर्ने गरि व्यवस्था गरिदिएको हो । यसैगरी बीमितहरुले अहिले एक महिनाका लागि बिरामीले औषधि पाइरहेकोमा अब तीन महिनाका लागि एकैचोटि औषधि पाइने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस