Like us!
Follow us!
Connect us!
Watch us!

निःशुल्क स्वास्थ्य बिमा भनी भ्रामक सूचना दिनेलाई कारवाही गरिने

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १९ : ०४ मा प्रकाशित

निःशुल्क स्वास्थ्य बिमा भनी भ्रामक सूचना दिनेलाई कारवाही गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक सञ्जालमा निःशुल्क स्वास्थ्य बिमा भनी भ्रामक सूचना राख्नेलाई कारवाही गरिने जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरि विगत केही दिनदेखि नेपाल सरकारको लोगो प्रयोग गरि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नाममा विभिन्न उमेरसमूहका लागि निःशुल्क स्वास्थ्य बिमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू राखिएको पाइएको जनाएको छ । मन्त्रालयले त्यस्ता सूचना/विज्ञापनमा कुनै सत्यता नभएकाले भन्दै यस प्रकारका सूचना/विज्ञापनमा क्लिक नगर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।

यस्ता गलत तथा भ्रामक सूचना/विज्ञापन प्रसारण गर्नेहरूलाई विद्यमान कानुन अनुसार सम्बन्धित निकाय मार्फत नियमानुसार कारबाही प्रक्रिया समेत अघि बढाइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य बीमा हाल देशैभरी लागू समाज कल्याणकारी योजना हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको