Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ समिति सहित अन्य चार संसदीय समितिको बैठक आज

अर्थ संसार

विहीबार, ०८ चैत्र २०८०, ०८ : ३४ मा प्रकाशित

अर्थ समिति सहित अन्य चार संसदीय समितिको बैठक आज

संघिय संसदका बैठक केही दिन नबस्ने भएपछि संसदिय समितिहरु सक्रिय हुन लागेका हुन् । 

आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । आज बिहिवार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभाको बैठक १० दिनको लागि स्थगित गरिएको छ भने राष्ट्रियसभाको बैठक एक सातापछि बस्नेछ ।

प्रतिनिधिसभामा प्रि–बजेट अर्थात आगामी बजेटका नीतिगत प्राथमिकता र सिद्धान्तमाथिको छलफल बुधबार सकाएर १० दिनका लागि बैठक राोकिएको हो ।

सभामुख देवराज घिमिरे र संसदका अन्य पदाधिकारी जेनेभा भ्रमणमा जाने भएपछिप्रतिनिधिसभाको अर्को बैठक चैत १८ गते आइतवार बस्नेछ भने राष्ट्रियसभाको बैठक चैत १५ गते बिहिवार बस्ने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको