Like us!
Follow us!
Connect us!
Watch us!

अपेक्षामा रहेका लगानीकर्ताहरु फेरि निराश हुन लागेका त होइनन ?

अर्थ संसार

विहीबार, ०८ चैत्र २०८०, ०९ : १८ मा प्रकाशित

अपेक्षामा रहेका लगानीकर्ताहरु फेरि निराश हुन लागेका त होइनन ?

नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा पेश गरेको कार्ययोजनामा देखाउन न खोजेपछि अनेकौ टिका टिप्पणी सुरु भएको छ। 

अर्थ मन्त्री बर्षमान पुनको निर्देशनमा फागुन २७ गतेको मन्त्रालयको पत्र बमोजिम माग गरिएको कार्ययोजना बोर्डले मंगलबार अर्थमा १८ वुंदे कार्य योजना पठाएको बुझिएको थियो । 

नेप्से र सीडीएसको भन्दा ढिला गरी बुझाईएको धितोपत्र बोर्डको कार्ययोजना सार्वजनिक नगरेपछि बोर्डका अधिकारी प्रति प्रश्न उठेको छ। बजार कै विकासको लागि प्रस्तुत कार्ययोजना सार्वजनिक नै नभएपछि पूँजी बजारका लगानीकर्तामा झन् नैराश्यता आउने डर बढेको छ र बोर्डका अधिकारीहरुको कार्यक्षमतामा प्रश्न उठेको छ। 

अर्थ मन्त्रालयको पत्रमा सरोकारवालाहरुको राय समेत लिई तत्काल पूँजी बजारमा सुधार गर्ने कार्ययोजना मातहतका तीनवटै निकायहरुबाट माग गरेको थियो । अघिल्लो साता बोर्डले नेप्से, सीडीएससी लगायतका सरोकारवालाहरुलाई राखेर सुझाव संकलन गरेको थियो । 

कार्ययोजनामा तीनवटै निकायहरु प्राप्त सुझावहरु राखियो कि राखिएन भन्ने कुरा धितोपत्र बोर्डले कार्ययोजना सार्वजनिक नगर्दा नेप्से र सीडीएस समेत बोर्डको कामबाट चकिट परेका छन्। 

उता,नेप्से र सीडीएसले भने तत्काल बजारमा सुधार हुने खालका कुराहरु राखेर मन्त्रालयमा बेग्लाबेग्लै कार्ययोजना बुझाएका छन् । नेप्सेले सबैभन्दा पहिले आफ्नो पुनःसंरचनाको प्रस्ताबलाई स्वीकृति दिन अर्थ मन्त्रालयसँग माग गरेको बुझिएको छ । 

अर्थमन्त्रीमा नियुक्त हुने बेलामा पुंजी बजारलाई केहि गर्छु भनेका अर्थमन्त्री बर्षमान पुनले हाल सम्म केहि पुंजी बजार सुधारका लागि निर्णय लिएका छैनन्  कार्ययोजना प्राप्त भएपछि मन्त्रालयबाट तत्काल कदम चालिने अपेक्षामा रहेका लगानीकर्ताहरु फेरि निराश हुन थालेका छन् । जुन कुरा बजारले नै देखाई रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको