Like us!
Follow us!
Connect us!
Watch us!

एमाले उपाध्यक्ष पौडेल पनि चीन भ्रमणमा

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, ११ : ४९ मा प्रकाशित

एमाले उपाध्यक्ष पौडेल पनि चीन भ्रमणमा

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।

पौडेल आजदेखि आयोजना हुन लागेको बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा सहभागी हुन त्यसतर्फ लागेको जनाइएको छ । मार्च २६ देखि २९ सम्म आयोजना हुन लागेको फोरममा ५ हजार बढी आगन्तुक रहने जनाइएको छ । सम्मेलनमा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत पनि सहभागी हुन कार्यक्रम रहेको छ ।

उपाध्यक्ष पौडेल मार्च २९ मा नेपाल फिर्ता हुनेछन् । हाल सरकारका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीन भ्रमणकै क्रममा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको