Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्रीलाई रघुजीको प्रश्न: दुर्गा प्रसाईँले अत्याधुनिक हतियार बोकेर हिँड्नु उचित हुन्छ ?

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, १२ : ५४ मा प्रकाशित

गृहमन्त्रीलाई रघुजीको प्रश्न: दुर्गा प्रसाईँले अत्याधुनिक हतियार बोकेर हिँड्नु उचित हुन्छ ?

एमालेका सांसद रघुजी पन्तले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई दुर्गा प्रसाईँसँग भेटिएको हतियारको विषयमा प्रश्न गरेका छन् ।

राज्य व्यवस्था समितिको बैठकमा सांसद पन्तले आत्म सुरक्षाको लागि दुर्गा प्रसाईँले अत्याधुनिक स्तरको हतियार राख्नु कति उचित ? भन्दै प्रश्न गरेका हुन् । 

पन्तले हतियारका लागि लाइसेन्स दिने नीति परिमार्जन गर्नुपर्ने अवस्था देखिएको समेत बताए । 

उनले गृहमन्त्रीलाई सोधे ‘दुर्गा प्रसाईँलाई अत्याधुनिक स्तरको हतियार राख्न दिनु कति उपयुक्त हो? आत्म सुरक्षाका लागि त सामान्य पेस्तोल हो । अत्याधुनिक अधिकार बोक्न दिने हो भने भोली कुनै घटना परिघटना आइपरेमा त्यसको जिम्मेवारी कसले लिन्छ ? संसारको अभ्यासलाई पनि हेरौँ । कति जनलाई दिएको छ र के कति हजार हतियार छ ? त्यस्ता व्यक्तिबाट हतियार फिर्ता लिनुपर्ने महसुस गर्नुभएको छ कि छैन ?’  

‘अदालतमा दुर्गा प्रसाईँलाई गार्डसँग भएको हतियार भेटियो । त्यो पनि आधुनिक । आत्म सुरक्षाको लागि त्यो स्तरको हतियार राख्न दिनु कतिको उपयुक्त हो ? जुन प्रश्न अहिले अदालतले पनि उठाएको छ । त्यस्तो हतियार कुनै गलत मान्छेले लाइसेन्स नै लिएर बोकेको रहेछ के हुन्छ ?’ उनले भनेका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको