Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री दाहाल र काङ्ग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, ११ : ०७ मा प्रकाशित

प्रधानमन्त्री दाहाल र काङ्ग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

बिहीबार बिहान प्रम दाहाल र देउवाबीच विभिन्न समसामयिक विषयमा करिब एक घन्टा छलफल भएको हो । छलफलमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयक, संसदमा जारी अवरोध, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन लगायतका विषयमा कुरा भएको जनाइएको छ ।

काङ्ग्रेस र माओवादीबीच सत्ता गठबन्धन टुटेपछि देउवा र दाहालबीच विस्तृत संवाद भएको थिएन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको