Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओको स्वीकृति दिने अधिकार मलाई छैन, संचालक समितिसँग सहजीकरण गर्छु : निमित्त अध्यक्ष डा. नवराज अधिकारी

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १९ : ३४ मा प्रकाशित

आइपीओको स्वीकृति दिने अधिकार मलाई छैन, संचालक समितिसँग सहजीकरण गर्छु : निमित्त अध्यक्ष डा. नवराज अधिकारी

अर्थमन्त्री वर्षमान पुनले नेपाल धितोपत्र बोर्डका निमित्त अध्यक्ष तथा कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई पाइपलाइनमा रहेर पनि रोकिएका कम्पनीका आइपिओलाई तत्काल स्वीकृति दिन निर्देशन दिए। 

तर हाल सेबोनका निमित्त अध्यक्ष तथा कार्यकारी निर्देशक डा. नवराज अधिकारीले भने आफू सँग अनुमति दिने अधिकार नभएका कारण केबल सहजीकरण गर्ने बताएका छन्। 

'मलाई आइपीओको स्वीकृति दिने अधिकार छैन, मैले सहजीकरण मात्र गर्दिने हो, गरिरहेको छु।' अधिकारीले बताए। 

प्रकिया पुगेका सबै फाइलहरु बोर्डमा पहिले नै पुर्याएको उनको दाबी छ। बोर्डले मन्त्रीको निर्देशनपछि अब पक्कै निर्णय लिने उनले पनि विश्वास लिएका छन्। 

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा लामो समयदेखि आइपीओ, हकप्रद र एफपीओको निष्कासन दिने प्रक्रिया रोकिएको छ।हाल ३५ वटा कम्पनीको आइपीओ निष्कासन अनुमति पर्खाइमा छन्।

धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक भने कहिले बस्ने तय भएको छैन। 

पहिलेका अध्यक्ष रहेको समयमा जस्तो बैठकहरु अहिले बस्न नसकेको एक सेबोनको कर्मचारीले बताए।  कहिले कोरम नपुग्ने त कहिले कार्यव्यस्थता भन्दै बैठक कम हुने गरेको उनले जानकारी दिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको