Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको मुद्रास्फीति ६.७ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

अर्थ संसार

बुधबार, २१ चैत्र २०८०, १२ : ३३ मा प्रकाशित

नेपालको मुद्रास्फीति ६.७ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम छ दशमलव सात प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ।

विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट, अप्रिल २०२४’ अनुसार नेपालको सेवा क्षेत्रमा सुधार देखिएका कारण आर्थिक वृद्धिदर गत वर्षको सुरुआती छ महिनाको तुलनामा यसवर्षको सोही अवधिमा बढेको छ।

औसत मुद्रास्फीति गतवर्ष आठ प्रतिशतबाट यसवर्ष छ दशमलव सात प्रतिशत हाराहारी रहेको पनि विश्व बैंकले जनाएको छ। खाद्य तथा पेय पदार्थको मुद्रास्फीति भने बढेको छ। चामल निर्यातमा भारतले लगाएको प्रतिबन्ध र मरमसलामा देखिएको मूल्यवृद्धिको असर समग्र मुद्रास्फीतिमा देखिएको छ।

त्यस्तै, चालु आर्थिक वर्षको बजेटबाट सरकारले केही वस्तुको मूल्यअभिवृद्धि कर (भ्याट) मा छुट दिएकोमा त्यसले पनि मुद्रास्फीति बढाएको प्रतिवेदनमा उल्लेख छ। आगामी वर्ष अर्थात् सन् २०२५ मा भने मुद्रास्फीति छ प्रतिशतमा झर्ने अनुमान गरिएको छ।

यसअघि विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ मार्फत् वर्ष २०२३र२४ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत र वर्ष २०२४र२५ मा पाँच प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर अहिले उक्त अनुमान घटाएको छ।

उपभोग बढ्दा वस्तु तथा सेवाको आन्तरिक माग बढेको र यसलाई विप्रेषण आप्रवाहले धानेको देखिएको छ। यद्यपि, विप्रेषणमा देखिएको वृद्धिको अनुपातमा माग भने बढ्न नसकेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, निजी क्षेत्रको लगानी र राजस्व संकलन घटेको देखिएको छ।

 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको