Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि पाँच जना सर्टलिष्ट आज निकाल्ने तयारी

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, ०८ : ५० मा प्रकाशित

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि पाँच जना सर्टलिष्ट आज निकाल्ने तयारी

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सर्टलिष्ट आज निकाल्ने अन्तिम तयारी भएको छ। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठको संयोजकत्वमा नियुक्तिका लागि छनोट समितिले आज बैठक बसेर १९ जना मध्य पाँच जनाको नाम सर्टलिष्टमा गर्ने तयारी गरेको स्रोत मार्फत जानकारी आएको छ। 

धितोपत्र बोर्ड अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन्। बोर्डले रिक्त रहेको अध्यक्ष पदका लगि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न गत फागुन १६ गते दरखास्त आव्हान गरेको थियो । 

बोर्ड अध्यक्ष बन्नका लागि तत्कालिन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापाँगाई, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की ,बोर्डका कार्यकारी दुई जना निर्देशक डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ, कृष्ण पोखरेलको पनि आवेदन परेको छ । 

तेस्तै, नेपाल बैंकका पूव प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, प्रविण पन्दाक, रघु काफ्ले, डा. केशब प्रसाद श्रेष्ठ लगायतको आवेदन परेको हो ।

यसैगरी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक नीरज गिरी,  मुक्ति अर्याल, नेप्सेका पूर्व सीईओ सिताराम थपलिया, बिमल तिवारीले पनि आवेदन दिएका छन् ।

आवेदक मध्येबाट चिरञ्जीवी चापागाँई, डा. नबराज अधिकारी ,कृष्ण बहादुर कार्की, मुक्ति श्रेष्ठ र डा. बिमल तिवारीको समेत सर्टलिष्टमा नाम निस्कने सम्भावना बलियो रहेको बुझिएको छ। 

सर्ट लिस्टिङ्पछि समितिले अन्तवार्ता र प्रस्तुतीकरणका लागि बोलाएर त्यसकै आधारमा ३ जनाको नाम बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रिपषिदमा सिफारिस हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको