Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन क्यापिटलको नयाँ खुलामुखी सामूहिक लगानी कोष योजना सेबोनको पाइपलाइनमा

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, १५ : ३७ मा प्रकाशित

हिमालयन क्यापिटलको नयाँ खुलामुखी सामूहिक लगानी कोष योजना सेबोनको पाइपलाइनमा

हिमालयन क्यापिटल कोष व्यवस्थापक रहेको हिमालयन दीर्घकालीन बचत योजनाले प्राथमिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

योजनाले सेबोनसमक्ष चैत १९ गते प्राथमिक निष्कासन गर्न आवेदन दिएको हो । उक्त खुलामुखी सामूहिक लगानी कोष योजनाले १० रुपैयाँ अङ्कित १० करोड इकाई जारी गर्न लागेको हो । योजना हाल सेबोनको म्युचुअल फन्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।

दोस्रो बजारमा कारोबार नहुने सामूहिक लगानी कोषका योजनाहरुलाई खुलामुखी योजना भन्ने गरिन्छ । क्यापिटलले मर्चेन्ट बैंकिङ, डिपोजिटरी सदस्य, इन्भेस्टमेन्ट बैंकिङ, कर्पोरेट एडभाइजरी जस्ता सेवा दिँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको