Like us!
Follow us!
Connect us!
Watch us!

विभिन्न एनएमबि म्युचुअल फन्डका इकाइधनीलाई क्यपिटलले गर्यो यस्तो अनुरोध...

अर्थ संसार

शुक्रबार, २३ चैत्र २०८०, १० : २८ मा प्रकाशित

विभिन्न एनएमबि म्युचुअल फन्डका इकाइधनीलाई क्यपिटलले गर्यो यस्तो अनुरोध...

एनएमबि बैंक कोष प्रबर्द्धक तथा एनएमबि क्यापिटल कोष व्यवस्थापक रही सञ्चालन भएका विभिन्न म्युचुअल फन्डका इकाइधनीहरुलाई खारेज भएका तथा सञ्चालनमा रहेका योजनाहरुको साँवा तथा लाभांश भुक्तानी बुझिलिन अनुरोध गरेको छ ।

क्यापिटलले एक सूचना जारी गर्दै २०७६ कार्तिक २ गते परिपक्व भएको एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड-१ र २०८० कार्तिक ८ गते परिपक्व भएको एनएमबि हाइब्रीड फन्ड एल-१ का इकाइधनीलाई अन्तिम कायम प्रति इकाइ खुद सम्पत्ति बराबरको रकम हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खातामा जम्मा भए नभएको यकिन गर्न अनुरोध गरेको हो । एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड-१ अन्तिम प्रति इकाइ खुद सम्पत्ति १०.७० र एनएमबि हाइब्रीड फन्ड एल-१ को अन्तिम प्रति इकाइ खुद सम्पत्ति १०.३४ कायम भएको थियो ।

परिपक्व भएका योजनाहरुको अन्तिम खुद सम्पत्ति बराबरको रकम नपाएका र हाल सञ्चालनमा रहेका योजनाहरुले घोषणा गरेको प्रतिफल लिन बाकिँ रहेका इकाइधनीहरुले पनि आफ्नो हितग्राही खाताको बैंक खाता अद्यावधिक गर्न तथा भौतिक प्रमाणपत्र भएको हकमा क्यापिटलमै सम्पर्क राख्न पनि क्यापिटलले अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको