Like us!
Follow us!
Connect us!
Watch us!

उपनिर्वाचनका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, ०९ : १८ मा प्रकाशित

उपनिर्वाचनका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने

आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा हुन गइरहेको उपनिर्वाचनका उम्मेदवारको विरोधमा आज उजुरी दिने दिन रहेको छ ।

निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रम अनुसार आज चैत २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको विरोधमा उजुरी दिन सकिन्छ । यसैगरी आज र भोलि उम्मेदवारको मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र भोलि साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।

तालिका अनुसार चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गर्ने कार्यक्रम रहेको छ । आयोगका अनुसार इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ र आठ स्वतन्त्र उम्मेदवार गरी कुल २० जनाको मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरुष छन् ।

यसैगरी बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं १ उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ जसमध्ये ११ पुरुष र एक महिला रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको