Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, एक तोला सुन १ लाख ३६ हजार नजिक

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, १० : ५६ मा प्रकाशित

सुनचाँदीको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, एक तोला सुन १ लाख ३६ हजार नजिक

निरन्तर उकालो लागिरहेको सुनको मूल्यले साताको पहिलो कारोबार दिन फेरी नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको मुल्यमा देखिएको मजवुति, द्धन्द तथा चिनले सुनमा बढाएको लगानी लगायतका कारणले सुनको मुल्य उचाइमा पुगेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको