Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडीसीएलको १ करोड ७८ लाख कित्ता सेयर आजदेखि बिक्रीमा,९ गतेसम्म आवेदन खुल्ला रहने

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, १२ : ३० मा प्रकाशित

एचआईडीसीएलको १ करोड ७८ लाख कित्ता सेयर आजदेखि बिक्रीमा,९ गतेसम्म आवेदन खुल्ला रहने

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आजदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले पौने २ करोडभन्दा बढी कित्ता बढी संस्थापक सेयर लिलाम बिक्रीमा ल्याएको हो ।

कम्पनीले संस्थापक सेयरधनी समूह ’क’ उपसमूह ‘क–२’ को अन्य संस्थापकअन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभएको १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको जनाएको छ । 

यस सेयरमा आउँदो वैशाख ९ गतेसम्म आवेदन खुल्ला रहनेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि अधिकतम सम्पूर्ण सेयर सङ्ख्याको लागि आवेदन दिन सकिनेछ।

खरिदकर्ताले आवश्यक कागजातसहित बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्सालबाट आवेदन दिन सकिनेछ । 

यस्तै ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू शंखमुल – नयाँबानेश्वर, विर्तामोड–झापा, हनुमानदास रोड, विराटनगर–मोरङ ,जनकपुरधाम–धनुषा, आर्दशनगर, वीरगञ्ज– पर्सा, हेटौडा– मकवानपुर ,नारायणगढ– चितवन, न्यूरोड, पोखरा– कास्की, मिलनचोक, बुटवल–रूपन्देही, बाग्लुङ्ग बजार–बाग्लुङ्ग, त्रिभुवन चोक, नेपालगञ्ज– बाँके विरेन्द्रनगर–सुर्खेत, घोराही–दाङ, धनगढी–कैलाली, महेन्द्रनगर– कञ्चनपुरबाट आवेदन दिन सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको