आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा हुन गइरहेको उपनिर्वाचनका उम्मेदवार कसैमाथि पनि उजुरी परेन ।
निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रम अनुसार आज चैत २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको विरोधमा उजुरी दिने तालिका रहेको थियो । जस अनुसार इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ र आठ स्वतन्त्र उम्मेदवार गरी कुल २० जनामध्ये कसैकाविरुद्ध पनि उजुरी नपरेको हो ।
यसैगरी बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं १ उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाविरुद्ध पनि कुनै उजुरी परेको छैन । अब आज र भोलि गरि उम्मेदवारको मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र भोलि साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको छ । तालिका अनुसार चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गर्ने कार्यक्रम रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस