Like us!
Follow us!
Connect us!
Watch us!

आज इलाम र बझाङमा उपनिर्वाचन, निर्धक्क मतदानमा भाग लिन आयोगको अपिल

अर्थ संसार

शनिबार, १५ बैशाख २०८१, ०६ : ५६ मा प्रकाशित

आज इलाम र बझाङमा उपनिर्वाचन, निर्धक्क मतदानमा भाग लिन आयोगको अपिल

आज वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ-१ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै आयोगले निर्भयका साथ मत दिन आह्वान गरेको छ । इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज चुनाव हुन लागेको हो ।

इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि ७९ मतदान स्थलमा रहेका १४९ मतदान केन्द्रमा मतदान हुनेछ । इलाममा कुल १ लाख १५ हजार ८ सय ७९ मतदाता रहेका छन् । त्यस्तै, बझाङ-१ (क) प्रदेशसभा सदस्यका ७४ मतदानस्थलमा रहेका ९३ मतदान केन्द्रमा मतदान हुनेछ । उक्त निर्वाचन क्षेत्रमा कुल ६१ हजार ७ सय ४८ मतदाता रहेम छन् ।

इलाम उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूलगायत १९ जना चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी, बझाङमा नेपाली काङ्ग्रेसबाट पृथ्वीबहादुर सिंहका छोरा अभिषेकबहादुर सिंह, नेकपा एमालेबाट दमन भण्डारी, नेकपा माओवादी केन्द्रबाट जनक बुढा र नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंहसहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । मतदानका लागि आयोगको अद्यावधिक मतदाता नामावली नाम भने हुनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको