Like us!
Follow us!
Connect us!
Watch us!

इलाम-२ मा सुहाङ नेम्वाङले फराकिलो पार्दै अग्रता

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, १० : ०३ मा प्रकाशित

इलाम-२ मा सुहाङ नेम्वाङले फराकिलो पार्दै अग्रता

इलाम-२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । 

प्रारम्भिक गणनामा अगाडि परेका नेपाली काङ्ग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई नेम्बाङले उछिनेर अघि बढेका हुन् । पछिल्लो मतगणना अनुसार सुहाङ नेम्वाङले नौ हजार चार सय ८४ मत ल्याउँदा उनका निकटम् प्रतिद्वन्दी डम्बरबहादुर खड्का ६ हजार ६ सय ३९ मतका पछ्याइरहेका छन् । तेस्रो स्थानका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ९ सय ५९३ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले एक हजार चार सय एक मत ल्याएका छन् ।

मतगणना कार्य हिजो मध्यान्हदेखि शुरु भएको थियो । फाकफोकथुम गाउँपालिका पछि माङ्सेबुङ गाउँपालिकाका मतदान केन्द्रको मत गणना भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको