Like us!
Follow us!
Connect us!
Watch us!

एभरग्रीनिङलगायत कैफियत भेटिएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई राष्ट्र बैंकले सचेत गरायो

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, ०८ : ०३ मा प्रकाशित

एभरग्रीनिङलगायत कैफियत भेटिएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई राष्ट्र बैंकले सचेत गरायो

एभरग्रीनिङलगायत कैफियत भेटिएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको छ ।

राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधनसहित) को दफा १०० को उपदफा २ को खण्ड अनुसार सचेत गराएको हो । उक्त बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले कन्फर्म गरी सो प्रतितपत्र अन्तर्गत भएको कारोवारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रमिसरी नोट जारी गरी लाभदायकबाट बैंकले कुल रु.४१.३६ करोड बराबरको बिल खरिद गरी कर्जा सापटमा देखाएको र सो प्रतितपत्रको परिपक्व मिति बारम्बार थप गरी सो कर्जालाई २०७९ चैत्र मसान्तसम्म एभरग्रीनिङ गरी असल कर्जाकै रुपमा देखाई एकीकृत निर्देशन विपरीत कार्य गरेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी राष्ट्रबैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. १५ (३) (१) बमोजिम आधार दर गणना गर्दा संस्थागत सामाजिक उत्तरदायित्व वापतको खर्चलाई समेत समावेश गरी आधार दर गणना गरेको र एकीकृत निर्देशनको निर्देशन नम्बर १(१) तथा पुँजी पर्याप्तता ढाँचा बमोजिम पुँजीकोष गणना गर्दा केही कर्जाहरुको जोखिम भारित सम्पत्तिलाई कम देखाई पुँजीकोष गणना गरेको कैफियतहरु पनि फेला परेको राष्ट्र बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको