Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, ११ : ३४ मा प्रकाशित

महुली लघुवित्तको ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले संस्थापक सेयरधनीहरू शालिक राम बेलबासेको नाममा रहेको ३ हजार ८८६  र प्रिजम कलर स्क्यानिङ्ग एण्ड प्रेस सपोर्टको नाममा रहेको ४१ हजार २७ कित्ता  कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्र सेयरमा संस्थाका हाल विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न ईच्छुक संस्थाका सेयरधनीहरूले आवश्यक कागजात सहित ३५ दिनभित्र सप्तरीको महुलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

्उक्त समयमा पनि संस्थापक सेयर बिक्रीका लागि आवेदन नपरेमा कम्पनीले अन्य व्यक्ति वा संस्थाहरूलाई सेयर बिक्री गरिने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको