Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद्को बैठकमा उपेन्द्र यादव अनुपस्थित !

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, ०८ : ३५ मा प्रकाशित

मन्त्रिपरिषद्को बैठकमा उपेन्द्र यादव अनुपस्थित !

 उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकमा उनी अनुपस्थित भएका हुन् । 

उपेन्द्रले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका देखिएपछि असन्तुष्ट बनेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले सार्बजनिक रुपमा नै सरकार टिकाउन जसपा फुटाएको स्वीकार गरेका छन् ।

अब जसपा नेपालको नेतृत्वमा रहेको मधेश सरकारबाट पनि एमाले र माओवादी केन्द्र बाहिरिने तयारी गरेपछि यादव केन्द्रको समीकरणबाट बाहिरिने सम्भावना बढेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको