Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको समीक्षामार्फत् घरजग्गा व्यवसायीलाई राहत

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, ११ : ४६ मा प्रकाशित

मौद्रिक नीतिको समीक्षामार्फत् घरजग्गा व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायीका लागि राहत प्रदान गरेको छ ।

चालु आवको लागि जारी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै घरजग्गा कारोबारमा केन्द्रीय बैंकले थप सुविधा दिने निर्णय गरेको हो ।

बैंकले घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गर्ने व्यवस्था गरेको छ ।

नयाँ व्यवस्था अनुसार समस्यामा परेका घरजग्गा व्यवसायीलाई राहत हुने विश्वास गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको