Like us!
Follow us!
Connect us!
Watch us!

नौ महिनामा २ खर्ब ऋण परिचालन, चालु खर्च ६४४ अर्ब ३ करोड

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, १२ : ५७ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को नौ महिनासम्ममा चालु खर्च ६४४ अर्ब ३ करोड भएको जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले पुँजीगत खर्च ९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च १६७ अर्ब ९९ करोड भएको जनाएको छ । 

सो अवधिमा नेपाल सरकारको कुल खर्च ९०९ अर्ब ३९ करोड भएको महालेखा नियन्त्रक कार्यालयलाई उद्धृत गर्दै राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७४८ अर्ब ४ करोड भएको छ ।

यस्तै समीक्षा अवधिमा सरकारी खर्च गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले घटेको छ भने राजस्व परिचालन ९.४ प्रतिशतले बढेको छ ।

यस्तै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८०\८१ को नौ महिनासम्ममा सरकारले १७६ अर्ब आन्तरिक र ६२ अर्ब ९४ करोड बाह्य गरी कुल २३८ अर्ब ९४ करोड ऋण परिचालन गरेको बैंकको त्रैमासिक समीक्षामा उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको