आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नेकार्यसूची रहेको छ ।
संयुक्त बैठकमा बजेट पेस भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकहरू बस्नेछन् । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्ने गरी सङ्घीय संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।
यसै गरी सवा ४ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ। प्रत्येक वर्ष जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज बजेट प्रस्तुत गर्न लागेको हो।
अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले यस पटक बजेटमार्फत नयाँ कार्यक्रमभन्दा पनि पुराना र क्रमागत आयोजनालाई प्राथमिकता राखेर त्यसको स्रोत सुनिश्चिततामा जोड दिने बजेट सार्वजनिक हुँदैछ । सरकारले १९ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस